Thaha

Sunday 28 April - 11:39 am NST

तराईको सुख्खाग्रस्त जिल्लामा स्यालो ट्यूबेल जडान गर्ने कृषि मन्त्रालयको तयारी


तराईको सुख्खाग्रस्त जिल्लामा स्यालो ट्यूबेल जडान गर्ने कृषि मन्त्रालयको तयारी

सरस्वती अधिकारी

काठमाण्डौँ, १६ साउन । कृषि मन्त्रालयले तराईका सुख्खाग्रस्त जिल्लाहरुमा स्यालो ट्यूबेल जडान गर्नेे तयारी गरेको छ । साउन महिनाको आधा समय वितिसक्दापनी पानी नपर्दा तराईका ८ जिल्लामा धान रोपाई हुन नसकेपछि स्यालो ट्यूबेल जडान गर्न लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका लागि ५ सय वटा ट्यूवेल जडान गर्न मन्त्रालयले स्विकृति दिईसकेको जनाएको छ । यस्तैगरी सिँचाई मन्त्रालयले पनी आवश्यकता हेरेर सुख्खाग्रस्त प्रत्येक जिल्लामा २ सयका दरले स्यालो ट्यूबेल जडान गर्ने कार्यक्रम स्विकृत गरीसकेको  छ । कृषि मन्त्रालयका सहायक प्रवक्ता शँकर सापकोटाले आधा प्रतिशत पनी धान रोपाई हुन नसकेका ति जिल्लाहरुमा यही साउन महिनाभित्रै ट्यूबेल जडान गरीसक्ने बताउनुभयो ।

विगतका बर्षहरु नियमिती कार्यक्रम अनुसार बर्षामा असहज हुने भएकाले कात्तिक महिना लागेपछि स्यालो ट्यूबेल जडान गरीन्थ्यो । तर यसवर्ष लामो खडेरीले धान रोपाई नभएको र भएका ठाउँमा पनी सुख्खा लागेकाले धान उत्पादनमा ह्रास आउन नदिन तत्काल यालो ट्यूबेल जडान गर्न लागिएको सहप्रवक्ता सापकोटाले बताउनुभयो । गतवर्ष देशभरको धानखेतियोग्य १४ लाख २५ हजार हेक्टर क्षेत्रफल जमिनबाट ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कुल धान उत्पादनमध्ये ८० देखी ९० प्रतिशत उत्पादन तराईका जिल्लाहरुमा हुने गरेको छ । मन्त्रालयले कुन जिल्लामा कतिसम्मको आवश्यकता छ भन्नेवारे अध्ययन गरी तत्काल मागविवरण पेश गर्न जिल्ला कृषि कार्यालयहरुलाई निर्देशन दिईसकेको छ ।

यस्तैगरी धान उत्पादन बढाउनका लागी उन्नत जातका बिउ लगाउन, धान रोपाईको उपयुक्त पद्धतीहरु अबलम्बन गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनी सञ्चालन गरीदैछ । पछिल्ला केही वर्षयता तराईमा धेरैजसो साबित्री, विन्देश्वरी, राधा चार, हर्दिनाथ, सुख्खा धान लगाउने गरीन्छ ।