Thaha

Friday 03 May - 1:28 pm NST

संबिधानसभा अध्यक्षलाई प्रतिबेदन बुझाइने

काठमाण्डौ ११ साउन । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताका सुझाब सहितको प्रतिबेदन आज संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने भएको छ । त्यसअघि उपसमितिले ७५ वटै जिल्लाबाट आएका सुझावलाई समेटेर तयार पारेको प्रतिबेदन आज समितिलाई बुझाउने छ । 

उपसमिति संयोजक प्रभादेबी बज्राचार्यले हिजो प्रतिवेदन तयार भएकोले आज समिति सभापति प्रमिला राणालाई बुझाइने बताउनुभयो । उपसमितिको प्रतिबेदनमा छलफल गर्न आज बिहान समिति बैठक बस्दै छ । उपसमितिले प्रतिबेदन बुझाएपछि समितिमा छलफल गरि संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाइने समिति सभापति प्रमिला राणाले बताउनुभयो । 

नागरिक सम्बन्ध समितिले प्रतिवेदनलाई एकीकृत रुपमा अध्ययन गरेर सहमति, असहमति र फरक मतलाई बेग्लाबेग्लैरुपमा समेट्ने गरि समिति सचिवालयले काम गरिरहेको छ । प्रतिबेदनमा बाँकी रहेका बिबादित विषय मिलाउन फेरी संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने कार्यसूची यसअघि नै तय भइसकेको छ । 

संवाद समितिले सहमती जुटाएर फेरी प्रतिबेदन संविधानसभामा पठाउने र संविधानसभाले सहमति भएका विषयलाई मस्यौदा गर्न मस्यौदा समितिमा पठाउनेछ । 
मस्यौदा समितिले तयार पारेको मस्यौदालाई विधेयकको रुपमा संविधानसभामा पठाउने र त्यसमाथि पनि सभासद्ले संशोधन राख्न सक्ने प्रावधान छ । एकीकृत विधेयकको बुँदागत छलफल भएपछि मात्रै मस्यौदालाई अन्तिम रुप दिनेछ ।