Thaha

Friday 03 May - 12:44 pm NST

साउनमै संविधान ल्याउन दलहरु जुटे

काठमाण्डौँ, ९ साउन । प्रमुख राजनीतिक दलहरुले साउन मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालीका तयार पार्न  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका  छन् ।

आज उहाँकै कार्यकक्षमा सामूहीक छलफल गरी शीर्ष नेताहरुले अगामी ३२ गतेभित्रै संविधान ल्याउनेगरी कार्यतालिका तयार पार्न भनेका हुन् । ‘तपाई साउनभित्रै संविधान जारी गर्ने सबै प्रक्रिया अघि बढाउनुस, हाम्रो तर्फबाट पूरै सहयोग हुन्छ,’ नेताहरुको भनाई उधृत गर्दै सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।

नेताहरुले आजैदेखि संविधानसभा बाहिरका दलहरुसँग पनी छलफल गर्ने बताएका छन् । सभामुखसँगको छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार सहभागी थिए ।

संविधानको मस्यौदामा आएका धेरैभन्दा धेरै सुझाव समेट्नेगरी छलफल गर्न चार दलको बैठक आज साँझपनी बस्ने नेपाली कांग्रेसका नेता पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।