Thaha

Friday 03 May - 8:30 pm NST

जिल्लाको प्रतिबेदन नआउदा नागरिक सम्बन्ध समिति अलमलमा

काठमाण्डौ ८ साउन । 

जिल्ला गएको सभासद्को टोलीले प्रतिवेदन बुझाउन नसक्दा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति अलमलमा परेको छ । 

हिजोसम्म प्रतिवेदन बुझाउने पर्ने कार्यविधि भए पनि समितिको आग्रहमा संविधानसभाका अध्यक्षले भोलीसम्म प्रतिवेदन तयार गर्न भन्नुभएको थियो । तर समितिले भोली पनि प्रतिवेदनलाई अन्तिम रुप दिन नसक्ने भएको छ । अहिलेसम्म २२ वटा टोलीले मात्र समितिलाई प्रतिवेदन बुझाएका छन् । समिति सभापति प्रमिला राणाका अनुसार हिजो १९ र अस्ती ३ वटा टोलीले प्रतिवेदन बुझाएका हुन् ।

सभासद्को टोली जिल्लाबाट फर्कनै समय लागेको र आज नेपाल बन्द भएकाले पनि समिति अप्ठ्यारोमा परेको हो । जिल्ला गत रुपमा सुझाबलाई एकीकृत गरी ७५ वटा प्रतिवेदन बनाएर संबिधानसभामा बुझाउने समितिले जनाएको छ । 

२ सय ४० वटै निर्वाचन क्षेत्रमा मस्यौदामाथि जनताका सुझाव संकलन गर्न सोमबार र मङ्गलबार बृहत अन्र्तक्रिया गरिएको थियो । त्यसैगरी संविधानसभा सचिवालयले टेलिफोन, फ्याक्स, इमेल बेवसाइटमार्फत सुझाव लिने समेत व्यवस्था मिलाएको थियो ।