Thaha

Friday 03 May - 12:07 pm NST

चन्द माओबादीको बन्दले जनजिवन प्रभाबित, १०० जना कार्यकर्ता पक्राउ


काठमाण्डौ ८ साउन । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौ उपत्यका सहित देशभरको जनजिवन प्रभाबित भएको छ । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाब बिहानैदेखि परेको छ । बन्दलाई मध्यनजर गर्दै बिहानैदेखि काडमाण्डौका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बन्द सफल पार्न सडकमा उत्रिएका आफ्ना झण्डै एक सय जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले दाबी गरेको छ । नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्माका अनुसार चावाहिलबाट ३० जना, बानेश्वरबाट २०, कोटेश्वर र कलंकीबाट दश–दश जना, गंगोबु र जावालाखेलबाट सात–सात जना र अन्य विभिन्न जिल्लाबाट गरी एकसय भन्दा बढि कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले काठमाण्डौमा ५६ र बाहिरि जिल्लामा पनि तोडफोग गर्न खोज्ने केहि बन्दकर्तालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बिहानै बाँकेमा २ वटा गाडीमा आगजनी गरेका छन् ।

विद्यार्थी लिन नेपालगन्ज आइरहेको सिमान्त कलेज रुपैडियाकोे युपी ४० टियु ७६३ नम्बरको स्कुल भ्यान नेपालगन्जको चारबाहीनी चोक नजिक जलाइदिएका हुन् । बा“के खासकुस्मा ४ सौरीखोलाको जंगलमा पनि एक ट्रक माथि आगजानी गरिएको छ  ।

 नारायणगढबाट मदिरा बोकेर दार्चुला जाँदै गरेको ना ५ ख ५०१४ नम्बरको ट्रकमा माओवादी कार्यकर्ताले आगजानी गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भारत र चीनबीच भएको लिपुलेक सम्झौता, देशमा बढेको भ्रष्टाचार र १६ बुँदे सहमतिको विरोधमा नेकपा माओवादीले अज बन्द आव्हान गरेको हो ।