Thaha

Friday 03 May - 8:42 pm NST

सबै जनताको अधिकार संविधानमा समेट्ने कोसिस भइरहेको छ : नेम्वाङ

संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय, सुझाव संकलनको काम सकेर अहिले सुझाव प्रतिवेदन निर्माण भइरहेको छ । देशभरि साउन ४ र ५ गते चलेको सुझाव संकलन उत्साहजनक रहेको संविधानसभा सचिवालयको दाबी छ । मस्यौदामा सुझाव संकलनसम्बन्धी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग बविन शर्माले गरेको कुराकानी :
तपाईंले सुझाव संकलनको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीले गाउँगाउँ पुगेर जनताका सुझाव लियौं । त्यस्तै टोल फ्रि नम्बर र विभिन्न सञ्चारमाध्यमबाट सुझाव संकलनको व्यवस्था गरेका थियांै । समग्रमा यो सुझाव संकलनको राष्ट्रिय अभियान धेरै उत्साहजनक छ ।
तर, विभिन्न जिल्लामा अवरोध भए नि ?
अवरोधका घटना एकदमै अपवाद मात्र भए । खासमा यी घटना छिटफुट मात्राका हुन् । नाराबाजी हुनु, आफ्नो विरोध जनाउनुलाई मैले अस्वाभाविक मानेको छैन । र, यस्ता अपवादका घटनालाई छोड्ने हो भने देशव्यापी रुपमा यो प्रक्रियामा जनताहरु संलग्न भए । विभिन्न संघ, संस्थाले मलाई ज्ञापन पत्र दिएका छन् । उनीहरुको सकारात्मक भावना र चासो देख्दा मैले सुझाव संकलन उत्साहजनक ठानेको छु ।
राजनीतिक दलहरुले गरेका सहमतिभन्दा विपरीत सुझाव आएका छन् र ती सुझावहरु नयाँ सविधानसभामा समेटिने सम्भावना छ कि छैन ?
निश्चय पनि सविधानको मस्यौदा अन्तिम रुप होइन । मैले भनेको छु, यो प्रारम्भिक मस्यौदा हो । त्यसैले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले प्रतिवेदन दिएपछि, सविधानसभा हँदै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पु¥याउँछाँै । त्यहाँ छलफलको आधार तयार गर्छौ, परिमार्जनको आधार तयार गर्छौं । त्यसपछि मस्यौदा हँुदै फेरि सविधानसभामा आइपुग्छ । पारित हुने बेलासम्म सभासदहरुले संशोधन हाल्न सक्छन् । यो सबै प्रक्रियामार्फत् हामी जनताको राय, सुझावलाई सविधानमा समेट्ने कोसिस गर्छौं । बढीभन्दा बढी जनतालाई संविधानमा समेट्ने कोसिस पनि हाम्रो रहन्छ । संविधान निर्माणको सहभागिताको प्रक्रिया भनेकै यहि हो । यसैमा सबैलाई सहभागी हुन म आग्रह गर्छु ।