Thaha

Friday 03 May - 10:13 am NST

​प्रारम्भिक मस्यौदामा आएका सुझावलाई वर्गिकरण गरिदै


काठमाण्डौ ७, साउन । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आजदेखि प्रारम्भिक मस्यौदा माथि आएका सुझावलाई वर्गिकरण गर्ने भएको छ । समिति अन्तरगर्तको प्रारम्भिक मस्यौदा उपसमितिले आएका सुझावलाई वर्गिकरण गरी भोली बेलुकीसम्म समितिमा बुझाउने तयारी गरेको छ ।

अहिलेसम्म जिल्ला गएका तीन वटा टोलीले मात्र प्रतिवेदन उपसमितिलाई बुझाएका छन् । उपसमितिकी संयोजक  प्रभा बज्राचार्यका अनुसार काभ्रे, कैलाली र काठमाण्डूको टोलीले मात्र प्रतिवेदन बुझाएको छ । जिल्लाबाट आएका सुझावलाई समावेश गरी समितिलाई प्रतिवेदन बुझाउने उपसमितिले बताएको छ ।

साउन ९ गतेसम्म संविधानसभालाई प्रतिवेदन बुझाउने समितिको तयारी छ । समय अभावका कारण हतारमा काम गर्नु परेको समिति सभापति प्रमिला राणाले बताउनुभयो ।