Thaha

Thursday 02 May - 6:15 am NST

पुष्पलालको ३७ औ स्मृति दिवस मनाइदै

काठमाण्डौं ७, साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३७ औ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले विहान काठकाण्डौंको चम्पादेवीमा विशेष कार्यक्रम गरेको छ ।

स्मृति दिवसको अवसरमा श्रद्धान्जलि बक्तव्य निकालेर एमाले अध्यक्ष केपी ओलीले पुष्पलाल श्रेष्ठ सामन्तवादबिरूद्ध सम्झौताहीन सङ्घर्ष गर्ने अग्रणी योद्धाभएको बताउनुभएको छ । अध्यक्ष ओलीले उहाको सपनालाई साकार पार्न अब शीघ्र संविधान जारी गरेर सङ्क्रमणकालको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

विसं १९८१ असार १५ गते रामेछापमा जन्मनुभएका श्रेष्ठको विसं २०३५ साउन ७ गते अर्थात आजकै दिन भारतको नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको थियो । विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि पुष्पलाल राणाविरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

उहाले बिसं २००६ सालमा भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि नेपालमा कम्पुनिष्ट राजनीतिलाई अघि बढाउनुभएको थियो ।