Thaha

Friday 26 April - 3:20 am NST

मौन्द्रिक नीति आज सार्बजनिक हुँदै , मुल्य बृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने लक्ष्य


काठमाण्डौ ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मूल्यवृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने लक्ष्यसहित बिहिबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । सरकारले लिएको बित्त नीतिलाई आड दिनेगरी पुर्ननिमार्णमा लगानी बढाउने र मुल्यबृद्धि नियन्त्रणलाई प्राथमिकतामा राखि केन्द्रीय बैंकले मोन्द्रिक नीति ल्याउन लागेको हो । अनिर्वाय नगद मौजदात र बैधानिक तरता बढाउने गरि मौद्रिक नीति सार्बजनिक गर्ने राष्ट्र बैकंकको तयारी छ ।

यसपटक अधिक तरतालाई आधार बनाएर केन्द्रीय बैंकले मौद्रिक नीतिमा अनिवार्य नगद मौजदात ० दशमलब पाँच प्रतिशतदेखि १ प्रतिशत सम्म बढाउने तयारी गरेको छ । यस्तै बैधानिक तरलता अनुपात १ प्रतिशत बढाउने तयारी छ । हाल यो अनुपात १२ प्रतिशत छ । बिहान बस्ने बंैक सन्चालक समितिको बैठकले नीतिलाई आन्तिम रुप दिने र दिउँसो साढे १ बजेपछि सार्बजनिक गर्ने बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक बृद्धिदरलाई बढाउन कर्जा नीतिलाई खुकुँलो बनाउने पनि बैंकको तयारी छ ।

मौद्रिक नीतिमा बैंकको पुँजी वृद्धिको योजनालाई पनि समेटिएको छ । तर बैंक तथा वित्तिय संस्थाको पुँजी कति पुयार्उने भन्ने बारे भने उल्लेख नगरिएको बुझिएको छ  । अहिले वाणिज्य बैंकको दुई अर्ब र विकास बैंकको ६४ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान छ ।

स्रोतका अनुसार चालु आर्थिक वर्षको बजेटमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने दिशामा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने योजना मौद्रिक नीतिमा आउनेछ । चिरञ्जीबी नेपाल गर्भनर भएपछि आउन लागेको यो पहिलो मौन्द्रिक नीति हो । उहाँ गत चैत्र पाँच गतेदेखि नेपाल राष्ट्र बैकको गर्भनरको रुपमा कार्यरत हुनुहुन्छ ।