Thaha

Thursday 02 May - 3:26 pm NST

'सुझावको प्रतिवेदन बनाउने समय थप्न सकिन्न'

साउन ६ काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सुझाव संकलनको प्रतिवेदन तयार गर्ने समय थप्न अस्वीकार गर्नुभएको छ ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले  जनताबाट आएको सुझावको प्रतिवेदन तयार एक हप्ताको समय थप्न आग्रह गरेपनि अध्यक्ष नेम्वाङले अस्वीकार गर्नुभएको हो ।  बुधबार समितिको आग्रहपछि अध्यक्ष नेम्वाङले मागेजति एक हप्ता समय दिन नसक्ने भन्दै एकदुई दिनभित्र प्रतिवेदन तयार पारेर बुझाउन निर्देशन दिनुभएको सभापति सभापति प्रमिला राणाले जानकारी दिनुभयो ।

२ सय ४० वटै निर्वाचन क्षेत्रबाट सुझाव आईसकेपछि बर्गिकरण गरेर एकीकृत गर्नुपर्ने भएकाले एक दुई दिनभित्र काम गर्न समस्या हुने राणाको भनाई छ । छोटो समयभित्र हतारमा काम गर्दा देशैभरबाट आएका लाखौँ सुझाव समेट्न समस्या हुने सभापति राणाको भनाई छ । तर संविधानसभाका अध्यक्षबाट धेरै समय थप्न नसकिने भनेपछि दबाबमै भएपनि केही दिनभित्रै सक्नेगरी काम गर्ने बताउनुभयो ।

समितिलाई ४ र ५ गते देशभरीबाट सुझाव संकलन गरी बुधबार प्रतिवेदन तयार गर्ने र भोलीसम्म पेश गर्ने जिम्मेवारी दिईएको  छ । सुझाव संकलनका लागि जिल्ला पुगेका सबै सभासद् र कर्मचारीको टोली काठमाडौं आईसकेका छैनन् । नजिकको जिल्लाका केही टोली हिजै फर्केपनि बुधबार  बेलुकीसम्ममा धेरैजसो फर्कने र भोलीसम्म सबै काठमाण्डौ आइसक्ने संविधानसभा सचिवालयले जनाएको छ