Thaha

Thursday 02 May - 7:01 pm NST

आज पनि सुझाब संकलन जारी

काडमाण्डौ, साउन ५ । संबिधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाब संकलनको काम आज पनि जारी छ । हिजो सुझाब संकलन गर्न बाँकी रहेका स्थानमा आज पनि सुझाब संकलन गरिने संबिधानसभा सचिवालयले जनाएको छ ।

यसअघि हिजोसम्म झण्डै ९० प्रतिशत सुझाब संकलनको काम सकिएको र बाँकी स्थानमा आज संकलन गरिने सचिवायलयका सहप्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । हिजोको सुझाब संकलनका क्रममा तराइका केहि जिल्लामा भएका छिटपुट घटना बाहेक शान्तिपुर्ण र उत्साहाप्रद रुपमा सम्पन्न भएको सविचलायले जनाएको छ ।

सुझाब संकलनलाई मध्यनजर गर्दै सरकारले देशभरको सुरक्षा व्यबस्था आज पनि कडा बनाइएको जनाएको छ ।

नेपाल प्रहरी अन्र्तगतका २२ हजार जनशक्ति सुरक्षाको लागि खटाइएको छ । अति संबेदनशील, संबेदनशील, कम संबेदनशील क्षेत्र पहिचान गरी त्यही अनुसार सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता कमल सिंह बमले जानकारी दिनुभयो ।

नेपाल प्रहरी बाँहेक जिल्ला सुरक्षा समिति अन्र्तगतका शशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाको लागि खटाइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।