Thaha

Sunday 05 July - 6:47 am NST

​भारत सहमतीमा छिट्टै संबिधान जारी होस भन्ने पक्षमा –प्रचण्ड

काठमाण्डौ साउन ४ । एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा छिट्टै संबिधान बनोस भन्ने चाहेको बताउनुभएको छ । एक सता लामो भारत भ्रमण सकेर आज स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग करा गर्दै सहमतीमा बनेको संबिधान दिगो हुँने भएकोले अधिक्तम सहमतिमा छिट्टै संबिधान जारी गर्न राम्रो हुँने सुझाब दिएको बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिदेश मन्त्री सुष्मा स्वराजसँगको भेटमा चीन र भारतले व्यापाीक नाका बनाउन लागेको नेपाली भुमी लिपुलेकका विषयमा पनि आफुले कुरा राखेको प्रचण्डले बताउनुभयो । लिपुलेक नेपाली भुमि भएकोले व्यापारमा त्रिदेशीय साँझादारी गर्न आफुले आग्रह गरेको प्रचण्डको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदीले यस विषयमा स्पष्ट जवाफ नदिएपनि बिदेशमन्त्री स्वराजले लिपुलेक बारे अध्ययन गरी दिपक्षीय वार्ताबाट समाधान गर्न सकिने जवाफ दिएको प्रचण्डले बताउनुभयो ।