Thaha

Thursday 02 May - 10:56 am NST

​मधेसबादी दललाई पनि समेटेर संबिधान जारी हुन्छ – प्रधानमन्त्री

काठमाण्डौ साउन ४ । प्रधानमन्त्री सुशील कोईरालाले मधेसबादीदलहरुलाई समेत समेटेर संबिधान जारी हुने बताउनुभएको छ । संबिधानसभाले जारी गरेको प्ररम्भिक मस्यौदामाथि सुझाव लिन आयोजित सार्वजानिक सुनुवाईमा भागलिन गृह जिल्ला बांके पुग्नुभएका प्रधानमन्त्री कोईरालाले नेपालगन्ज बिमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सबैलाई समेटेर संबिधान आउने बिश्वास दिलाउनुभयो ।

उहांले सिमांकन सहितको संबिधान जारी गने विषयमा कुराकानी भैरहेको जानकारी दिंदै जनता सजग भए जनताले चाहेजस्तै संबिधान आउनसक्ने बताउनुभयो । रायसुझाव संकलन कार्यलाई शसक्त बहिस्कार गर्ने मधेस केन्द्रित दलहरुको घोषणाका कारण आज नेपालगन्जको सुरक्षा ब्यवस्था अत्यन्त कडा पारिएको छ ।

बिमानस्थल देखि प्रधानमन्त्री निवाससम्म प्रधानमन्त्रीको आवागमनमा सम्पुर्ण सार्वजानिक साधन लाई सुर्खेत रोड खण्डमा निशेध गरिएको थियो ।