Thaha

Thursday 02 May - 1:17 pm NST

​रौतहटमा झडप, सुझाब संकलन रोकियो, सभासदहरु घाईते

राकेश यादव,
रौतहट, ४ साउन ।
असन्तुष्टपक्षले अबरोध गरेपछि रौतहटको गौरमा आयोजित सुझाव संकलन कार्य रोकिएको छ । नयाँ सँविधानको मस्यौदामाथि जनताको राय सुझाव संकलन गौर नगरपालीकामा आयोजित कार्यक्रममा एमालेका कार्यकर्ताहरुले अन्य मानीसहरुलाई भित्र प्रवशे गर्न रोकेपछि मधेसवादी दलका कार्यकर्ताहरुले ढुँगामुढा सुरु गरेका थिए । 

सयौँको सँख्यामा उपस्थित भएका सर्वसाधारणले पनि आफूहरुलाई भित्र प्रवेश गर्न रोकेपछि नारावाजी गर्दै ढुँगामुढा गरेको हाम्रा संबाददाता राकेश यादवले जानकारी दिएका छन् । झडपमा परी सभासद डिम्पल झा, पूर्वसभासद बबन सिहं सहीत एक दर्जनभन्दा बढी मानीस घाईते भएका छन् ।

स्थिती नियन्त्रणमा लिने प्रयास गरीरहेका प्रहरी, मधेसवादी दलका कार्यकर्ता तथा सर्वसाधारणहरुवीच अहिलेपनी झडप भईरहेको छ । तनाव भएपछि कार्यक्रममा सहभागी हुन पुग्नुभएका पूर्वप्रधानमन्त्री एवँ एमाले नेता माधव कुमार नेपाल लगायतका सभासदहरुलाई प्रहरीले उच्च सुरक्षा प्रदान गरेका छन् ।

कार्यक्रममा सहभागी हुन पुग्नुभएका सभासद रामकुमार भट्ठराईले भने सँविधान बन्न नदिने तत्वहरुले अवरोध गरेपनि सुझाव संकलन कार्य नरोकिएको बताउनुभयो । घटनास्थलमा ठुलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरीएको छ ।