Thaha

Thursday 02 May - 8:03 pm NST

​दुई दिनमा सुझाब संकलन संभव छैन -गगन


पाल्पा, २ साउन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव सभासद गगन थापाले संविधानसभाको कार्यतालिका अनुसार संविधानको मस्यौदामा उठेका सुझावहरु कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

प्रेश युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद थापाले करीव डेढ अर्वको बजेटमा मस्यौदा सुझाव संकलन अभियान शुरु भएपनि २ दिनको अवधीमा मस्यौदा सुझाव संकलन गर्न नसकिने र आएका सुझाव समेत संविधानसभाले हेर्न नभ्याउने बताउनुभयो ।

संघियताको नामाङ्कन र सिमाङ्कन विना संविधान आए कार्यान्वयन हुन नसक्ने सभासद थापाले बताउनुभयो । संविधान जारी गर्दा सम्म १६ बुदे हस्ताक्षर गर्ने राजनितिक दलहरु विच  एउटै धारणा हुनुपर्नेमा सभासद थापाले जोड दिनुभयो ।