Thaha

Friday 03 May - 4:40 am NST

​प्रचण्डले मोदीलाई भेट्दै

काठमाण्डौ साउन १ । भारत भ्रमणमा रहेका एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रचण्डले भारतीय राष्ट्रपति प्रणब मुर्खजी, प्रधानमन्त्री नरेन्द्र मोदी, बरिष्ठ मन्त्री राजनाथ यादबसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डका सहयोगी शिब खकुरेलले जानकारी दिनुभयो ।

उच्च नेतृत्वसँगको भेटपछि प्रचण्डले शनिबार सन् २००१ मा शक्तिशाली भुकम्प जाँदा क्षतिग्रस्त भएको गुजरातको अवलोकन गर्ने कार्यक्रम छ । नेपालको नव निमार्णमा अनुभब आदान प्रदान गर्ने उद्देश्यले प्रचण्डले गुजरातको भ्रमण गर्न लाग्नुभएको हो ।

गत मंगलबार औपचारीक भ्रमणका लागि भारत गएका प्रचण्ड आगामी सोमबार नेपाल फर्कने कार्यक्रम छ ।