Thaha

Sunday 22 March - 3:24 pm NST

एक सातामा ४ हजार सुझाव आए


टिकाराम तामाङ
काठमाडौ, ३१ असार ।

संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले एक साताको अवधिमा झन्डै हजार सुझाव संकलन भएको जनाएको आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समिति सभापति प्रमिला राणाले संविधान मस्यौदामाथि स्वदेश विदेशमा रहेका नेपालीहरुबाट हजार सय सुझाव आएको जानकारी गराउनुभयो टेलिफोन, वेबसाईट, ईमेल, फ्याक्स, हुलाक सचिवालयमा सिधै दर्ता गरेर आज दिउँसोसम्म सुझाव दिइएको सभापति राणाले बताउनुभयो सुझाव समितिले असार २४ गतेदेखि काम थालेको थियो समितिका अनुसार टोल फ्री नम्बरबाट एक हजार पचास, वेभसाइटमार्पmत् एक हजार पाँच सय साठी, इमेलबाट एक हजार एक सय दश, अठ्ठाइस वटा फ्याक्स सचिवालयमा १६ वटा सुझाव छन् विदेशबाट मात्रै पाँच सय त्रिचालिस वटा सुझावहरु आएको समिति सभापति राणाले बताउनुभयो सभापति राणाले संविधानको मस्यौदामाथिको सुझाव संकलन अहिलेसम्म उत्साहप्रद रहेको भन्दैे सबैलाई सुझाव राय दिन आह्वान गर्नुभयो

समितिले दलका शिर्ष नेताहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा सुझाव संकलन गर्न जान आग्रह गरेको प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष उपाध्यक्षबाहेक सबै सभासद्लाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिईएको संसद् सचिवालयका कर्मचारी भने २६ असारदेखि ७५ रै जिल्लामा दुईदुई जनाको दरले खटिसकेका छन्