Thaha

Tuesday 06 October - 11:13 pm NST

आयल निगमले पेट्रोलिय पदार्थ भण्डारण क्षमता बढाउने

 

सन्चु ब्लोन

काठमाडौ, ३१ असार ।

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भण्डारण क्षमता बढाउने भएको छ । निगमले  काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भण्डारण क्षमता बढाउने योजना सार्वजनिक गरेको हो ।

कार्यकारी  निर्देशक गोपाल बहादुर खड्काले आर्थिक बर्ष  २०७२/०७३ मा झापाको चारआली, रामेछापमा भण्डारण सुविधा बढाउने जानकारी दिनुभयो । निगमले हवाइ इन्धनको लागि बाराको निजगढमा आधुनिक डिपो तथा भण्डारण सुविधाको काम अगाडी बढाउने, जनकपुरमा जग्गा पाए हवाई इन्धन डिपो राख्ने योजना सार्वजनिक गरेको छ ।

यस्तै आगामी आर्थिक वर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको भण्डारणको क्षमता बढाउने र भैरहवा, पोखरामा पनि हवाई इन्धनको भण्डारण क्षमता बढाउने र इन्धन स्टेशनको निर्माण गर्ने योजना रहेको कार्यकारी निर्देशक खड्काले बताउनु भयो । निगमले खाना पकाउने एलपी ग्याँस आपूर्ति सहज बनाउने नयाँ कार्यक्रम अगाडी बढाउने पनि निगमले घोषणा गरेको छ । यसैबिच निगमले यसअघिको ऋिण कम गर्दै गएको जनाएको छ ।

गत बर्ष ३६ अर्ब ८६ करोड ७० लाख ऋण रहेकोमा अब २१ अर्ब ८८ करोड १० लाख रुपैयाँमा झरेको प्रवन्ध निर्देशक खड्काले जानकारी दिनुभयो ।