Thaha

Thursday 25 April - 10:33 pm NST

आगामी बर्ष ६ प्रतिसत भन्दा धेरै आर्थिक बृद्धी हुन्छ –अर्थमन्त्री महत


काठमाडौ, ३१ असार ।
अर्थमन्त्री रामशरण महतले बिकाशका लागि बजेटको नभई कार्यन्वयनको खाँचो रहेको बताउनु भएको छ । छुट्टाईएका बजेटपनि कार्यन्वयन नभएको तर्फ संकेत गर्दै उहाँले बजेट किन कार्यन्वयन हुन सकेन भन्ने बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो । 

व्यवस्थापिका संसदको बैठकमा सभासदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिदै महतले प्रत्यक बर्ष बजेट बढ्ने क्रम जारी रहेको बताउनु भयो । बजेट नपुगेमा रकमान्तर गरेर दिन तयार हुदा पनि मन्त्रालयहरुले बजेट खर्च गर्न नसकेको उहाँको टिप्पणी छ । 

आगामी बर्षको आर्थिक बृद्धी ६ प्रतिसत भन्दा पनि बढ्ने उहाँको दावी छ । मौसम राम्रो भए र बिनियोजन गरिएको बजेट खर्च भए ६ प्रतिसतको लक्ष भेट्न गार्हो नहुने उहाँको भनाई छ । मौसमको प्रतिकुलता र भुकम्पका कारण यो बर्ष आर्थिक बृद्धी कम भएको उहाँले तर्क गर्नुभयो ।