Thaha

Thursday 02 May - 11:28 pm NST

पूर्वका नौ जिल्ला बन्द


काठमाडौ, ३१ असार ।

 

नया संविधानको मस्यौदा जनहित विपरित रहेको भन्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारीले आज पूर्वका नौ जिल्ला बन्द गरेको हो । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टिले गरेको बन्दका कारण पूर्वका पहाडि जिल्ला र लिम्बुवान दावी गरिएका केहि क्षत्रमा यातायात प्रभावित भएको छ । 

तराईका क्षत्रहरु मोरंङ र सुनसरीमा बन्दको आंशिक प्रभाव परेको हाम्र सहकर्मीहरुले जनाएका छन् । इटहरी, धरान सहितका क्षत्रमा सार्वजनिक सवारीका साधन चल्न सकेका छैनन् । 

बन्दको प्रचार गर्दै हिडेको लिम्बुवान राष्ट्रिय क्रन्तिकारी पार्टिका महासचिव सहित ४ जना इटहरीबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले बन्द गराउने मित्र लिङदेन, सौजन सुब्बा, दिलिप लिम्बु र जोरमान सिंजाली राईलाई पक्राउ गरेको जनाएको छ ।