Thaha

Thursday 21 May - 3:10 am NST

बेलारुस सरकारद्धारा २ करोड रुपैंयाको राहत प्रदान

काठ्माण्डौं/ असार २८

 

गणराज्य बेलारुस सरकारले नेपालका भुकम्प पिडितका लागि २ करोड रुपैंया बराबरको राहत सामाग्री प्रदान गरेको छ।

आज बिहान काठमाण्डौमा भएको कार्यक्रममा बेलारुस सरकारका तर्फबाट नेपालका लागि बाणीज्य दुत अजेयराज सुमार्गीले गृह मन्त्रालयका सचिब सुर्यप्रसाद सिलवाललाई राहात सामाग्री हस्तान्तरण गर्नुभयो।

सामाग्रीमा खाध्यान्न, ब्लयांकेट लगायत छन् । बेलारुस सरकारले पठाएको २ लाख १५ हजार डलर बराबरको राहात सामाग्री हिजो काठमाण्डौ आइपुगेको थियो । चार्टड एयर कार्गो मार्फत उक्त सामाग्रि नेपाल आईपुगेको हो।

राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बाणिज्यदुत सुमार्गीले बेलारुस सरकारका तर्फबाट हुने सहयोग आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। गृहसचिब सिलवालले सहयोगको लागि बेलारुस सरकारलाई धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।