Thaha

Wednesday 07 January - 3:26 am NST

अबको १५ दिनभित्र मस्यौदा संविधानबारे सबैले सुझाब दिन पाईने


काठमाडौ,२३ असार
संविधानसभाबाट नयाँ संविधानको प्रारम्भिक मस्यौदा पारीत भएपछि १५ दिनभित्र जनतासँग रायसुझाव संकलन गर्ने जिम्मा पाएको नागरीक सम्बन्ध तथा संविधान सुझाव समितीले आजबाटै आन्तरीक गृहकार्य थालेको छ । मस्यौदालाई जनतासम्म कसरी पुर्याउने, सुझाव संकलनको तरीका, विदेशमा बसेका नागरीकको सुझाव कसरी संकलन गर्ने लगायत विषयमा कार्यवीधि तयार पार्न समिती अन्तर्गत विभिन्न ५ वटा उपसमिती बनाईएको छ । 

कार्यविधिसहित सबै योजना तयार पारेर भोली बस्ने संविधानसभा बैठकमा पेश गर्ने कार्यविधि तथा कार्ययोजना उपसमितीकी संयोजक प्रभादेवी बज्राचार्यले जानकारी दिनुभयो । सँविधानको मस्यौदा जनताले हेर्न—पढ्न र सुझाव दिने माध्यमवारे जानकारी दिने उदेश्यले समितीले पर्सी २५ गते पत्रकार सम्मेलन गर्ने बताएको छ । टेलिफोन, फ्याक्स र वेभसाईटमार्फत पनि सुझाव लिने व्यवस्था मिलाईएको छ । 

संविधानको मस्यौदामा जनताको सुझाव संकलन गर्न सभासद असार ३१ गतेबाटै विभिन्न निर्वाचन क्षेत्रमा पुग्नछन् । वर्षाको समय भएकाले दुर्गम र अप्ठेरो ठाउँमा हेलिकप्टरमार्फत पुगेर जनताको रायसुझाव लिईने समितीले जनाएको छ । 

बैभन्दा पहिले निर्वाचन क्षेत्रमा मस्यौदा लिएर कर्मचारीहरु पुग्नेछन् । स्थानीय राजनीतिक संयन्त्र, नागरीक वडा मञ्चको सहयोगमा साउन २ देखी ३ गतेभित्र गाउँस्तरको सझुाव एकीकृत गरीसक्ने र ७ गते सम्म प्रतिवेदन तयार पारी सँविधानसभामा बुझाईने नागरीक सम्बन्ध तथा संविधान सुझाव समितीको सभापति प्रमिला राणाले बताउनुभयो । सुझाव समितीले भोलीदेखी १५ दिनको समय पाएको छ ।