Thaha

Thursday 18 April - 8:14 am NST

सभासदहरुले निर्वाचन क्षत्रमा खर्चगर्न फेरी ५ करोड मागे

 

टीकाराम तामाङ 

काठमाडौ,२३ असार ।

अघिल्लो बर्षनै सभासदहरुले यो अभियान चलाउदै निक्कै आलोचना भएको थियो । अन्तत सरकारले १० लाखबाट बढाएर सांसद विकास कोषको रकम १ करोड पुर्याईदिएको थियो । त्यो कति सदुपयोग भयो कति दुरुपयोग अनुसन्धानको बिषय बनेको छ । यसपाली फेरी किन सभासदहरुले ५ करोड मागेका हुन् त  ? एमाले सभासद रामबिर मानन्धर भन्नुहुन्छ ‘स्थानिय स्तरमा बिकाशका कार्यक्रम प्रभावकारी बनाउन पनि यो रकम बढाउनु पछ ।’ विकासका लागि छुट्याएको रकम सरकारले ४५ प्रतिशत पनि खर्च गर्न नसकेकोले कोष बढाउन माग गरेको सभासदहरुको तर्क छ । 
तर व्यक्तिगत रुपमा बजेट छुटाउँदा विकास निर्माणमा मनोमानी बढ्ने गुनासो पनि आउने गरेका छन् । कांग्रेसकी सभासद् महेन्द्रकुमारी लिम्बू त्यो कुरा स्वीकार्न तयार हुनुहुन्न । बरु सजिलोसित काम अघि बढ्ने उहाँको दाबी छ । 


सभासदहरुले आफ्नो निर्वाचन क्षत्रमा खर्च गर्न पाउने गरि बढाउन हस्ताक्षर अभियान चलाउनेमा अहिलेसम्म कांग्रेसका १ सय १० सभासद् र एमालेका १ सय ५० जनाले हस्ताक्षर गरिसकेको बताइएको छ । हस्ताक्षर गरेका कतिपय सभासद्ले भने भूकम्पको विनासको बेला यो कुरा उठाउनु बेकारजस्तो लागिरहेको बताउनुहुन्छ काँग्रेसका सभासद सभासद् चन्द्र भण्डारी । 

राज्यको सारा संयन्त्र लगाउँदा त अनियमितता, भ्रष्टाचार, पक्षपात भएको गुनासो आइरहन्छ । ती कुरालाई सच्याउन नियम, कानुन निर्माण गरेर अघि बढ्नुपर्नेमा लोभमा सभासद् फसेको प्रतिपक्ष एकीकृत माओवादी सभासद् शक्तिबहाद्र बस्नेतको आरोप छ । 

 
 

सांसदलाई छुट्याएको बजेट खर्च गर्ने उनीहरुमा खास योजना देखिन्न भने कतिपयले लोकप्रियता बढाउनमात्रै बजेट बढाउन माग गरेको प्रष्ट हुन्छ । केही सभासदले दलगत स्वार्थ र आफूखुसी बजेट परिचालन गराउँदा त्यसले विकास निर्माणमा असर पोर्ने मात्रै हैन निर्वाचनक्षत्रमा समेत एकलौटी हुने विशेषकहरुको तर्क छ ।