Thaha

Friday 03 May - 4:58 pm NST

निःशुल्क भिषा र टिकेटको व्यबस्था लागु,


काठमाण्डौं असार २१ । सरकारले आजदेखि बैदेशीक रोजगारीमा निःशुल्क भिषा र टिकेटको व्यबस्था लागु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले तोकिएका देशमा सोमबारदेखि नै निःशुल्क भिषा र हवाई टिकेटको निर्णय लागु गरिएको रेडियो थाहासन्चारलाई बताउनुभयो ।

सरकारले कतार, बहराइन, साउदी अरब, दुवई, ओमान कुबेत र मलेसियागरी सात मुलुकमा  निशुल्क भिषा र हवाई टिकेटको व्यबस्था गर्न लागेको हो । अब सरकारले तोकको मापदण्ड पुरा गरे यि देशमा बैदेशिक रोजगारीमा जान चाहानेले अधिक्तम १८ हजार ५ सय रुपैयाँ तिरे पुग्नेछ । यसअघि भने बैदेशिक रोजगारीमा जानेहरुले १ लाख ५० हजारसम्म बुझाउने गरेका थिए । जस अनुसार सरकारी सेवा शुल्कअन्र्तगत बिमा, स्वास्थ्य परिक्षण लगायतमा बढिमा ८ हजार पाँच सय र म्यानपावर कम्पनीलाई १० हजार रुपैया मात्रै बुझाए पुग्नेछ । 

व्यबसायीसँगको वार्ता निष्कर्ष बिहिन, मंगलबार व्यबसायीको भोला


बैदेशीक रोजगार व्यबसायीले १० हजारमा कामदार पठाउने व्यबस्था गर्दा रोजगारदाता कम्पनिसँग सम्बन्ध बिग्रने, बिदेशी एजेन्टलाई दिने पैसा नपुग्ने हुदाँ रोजगारीको दर घट्ने भन्दै बिरोध गरिरहेका छन् । व्यबसायीलाई पनि सहमतीमा ल्याउने पहलमा आज भएको वार्ता पनि असफल भएको छ । वार्तामा श्रम तथा रोजगार राज्यमन्त्री टेकवहादुर गुरुङले सरकारको निर्णय आजैदेखि लागु हुने बताएपछि आफुहरु वार्ता छाडेर निष्किएको बैदेशीक रोजगार व्यबसायी संघका अध्यक्ष बिमल ढकालले बताउनुभयो । व्यबसायीहरुले निर्णय तत्कालकोलागि स्थगित गर्न माग गरेका थिए । अब कसरी अधि बढ्ने भन्ने विषयमा भोली व्यबसायीको भेला आव्हान गरिएको र भेलाको निर्णय अनुसार अघि बढ्ने ढकालले बताउनुभयो  ।