Thaha

Thursday 18 April - 10:34 am NST

संविधानपछि नयाँ पार्टी : बाबुराम

काठमाडौं, असार १९। एकीकृत नेकपा माओवादीको बाबुराम भट्टराई पक्षले काठमाण्डुमा छुट्टै भेला गरेको छ । भेलासँगै एकीकृत माओवादीभत्रको विवाद फेरी चर्किने संकेत देखिएको छ ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पनि काठमाण्डुमा छुट्टै भेला गरेको थियो । आफूहरुलाई नबोलाई भेला गरेको भन्दै भट्टराई पक्षले पनि आज काठमाण्डुमा छुट्टै भेला गरेको हो । भेलालाई प्रक्षिण दिदै नेता भट्टराईले संविधान जारी नहुँदासम्म एउटा र संविधान जारी भएपछि फरक कार्यनीति अपनाउने बताउनुभयो ।

भेलामा भट्टराईले अहिले पार्टी विघटनजस्तैको अवस्थामा रहेको बताएको स्रोतको भनाई छ । उहाँले एकीकृत माओवादी भूकम्पले भत्किएको घरको अवस्थामा जस्तै रहेको बताउनुभयो । भट्टराईले नयाँ पार्टीबारे संकेतिकमा भन्नुभयो,‘संविधान जारी गरेपछि हामीले टेन्ट गाड्नुपर्छ अनि अस्थायी अवास बनाएर पक्की घर तिर लाग्नुपर्छ ।’

उहाँले अहिलेको नेतृत्वबाट पार्टी सम्भव नभएको समेत कार्यकर्तामाझ सुनाउनुभएको थियो । नेता भट्टराईले नयाँ पार्टीमा मोहन बैद्य, नेत्र विक्रम चन्द नेतृत्वमा रहेका माओवादी कायकर्ता र एमालेभित्र क्रान्तिकारी पंक्तिलाई मिलाएर अगाडी बढ्ने बताउनुभएको छ । पार्टी आफ्नो नीति अनुसार चलेको भन्दै प्रचण्डको नेतृत्व मात्रै भएकाले अब नयाँ नेतृत्व चाहिने बताउनुभयो ।

नेता टोपबहादुर रायमाझीले प्रचण्डलाई भगवान मान्नेहरु नयाँ पार्टी गठन गरेर आ—आफ्नो वाटो लागिसकेको अवस्थामा आफूहरुले मात्रै काँध थाप्न आवश्यक नभएको बताएको स्रोतको भनाई छ । ‘जसलाई प्रचण्डले आफ्नो भने उनीहरु कहाँ पुगि सके’रायमाझीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो,‘जसले पटक पटक कारवाही भोग्यौ अनि हामी मात्रै रहनुपर्छ भन्ने बाध्यता के छ ?’