Thaha

Saturday 20 April - 1:02 pm NST

राप्रपाद्धारा संविधानसभा बैठक अवरुद्ध


असार १८, काठमण्डौं । 
संबिधानसभाको बैठक अवरुद्ध भएको छ । राप्रपा नेपालले संविधानसभा नियमावलीभित्रको प्रकृया निलम्बन गरेको र धर्म परिवर्तनलाई मौलिक हकमा राखेको भन्दै बैठक अवरुद्ध गरेको हो । राप्रपा नेपालका सभासद्हरुले झण्डै २ घण्टादेखि नाराबाजी गरिरहेका छन् । 


आजदेखि संविधानको प्रस्तावित मस्यौदामाथी शैद्धान्तिक छलफलको समय तोकिएको थियो । बैठकमा बोल्दै राप्रपा नेपाल संसदीय दलका नेता कमल थालाले सभासद्लाई मस्यौदा अध्ययनका लागि छुट्टाईएको समय हटाएको भन्दै आपत्ति जनाउनुभयो । 


उहाँले संविधानसभाभित्र सभासद्को अधिकार हनन गरेको आरोप लगाउनुभयो । नेता थापाले संविधानको मस्यौदामा धर्म निरपेक्षता लेखिसकेको अवस्थामा मौलिक हकमा समेत धर्म परिवर्तन लेखेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले ठूला दलले यु्रोपियन युनियनको दबावमा धर्म परिवर्तनलाई मौलिक हकमा राखेको आरोप  लगाउनुभयो ।