Thaha

Sunday 05 July - 5:37 am NST

​आदिवासी सभासदले मस्यौदामा फरक मत दर्ता गर्ने

असार १८, काठमण्डौं । 
संविधानसभामा रहेका आदिवासी जनजाति सभासदहरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि फरक मत पेश गर्ने भएका छन् । 
विभिन्न दलबाट प्रतिनिधित्व गरेका जनजाति सभासदहरुको आज नयाँ बानेश्वरमा भएको भेलाले मस्यौदा आदिवासी जनजाति समुदयको पक्षमा नरहेको निश्कर्ष सहित फरक मत दर्ता गर्ने निर्णय गरेको हो । समानुपातिक समावेसीता, संवैधानिक निकायको नियुक्त प्रकृया,  सिमान्तकृत समुदायको विषेश संरक्षित क्षेत्र हुनुपर्ने, भाषीक निती एवं मातृभाषामा शिक्षा लगायत विषय मस्यौदामा ओझेलमा पारिएको भन्दै फरक मत दर्ताको तयारी गरिएको सभासद एवं जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिनुभयो । 
भेलामा सहभागि करिब ६० जना आदिवासी जनजाति सभासदहरुको संयुक्त हस्ताक्षरसहितको फरक मत दर्ता हुने कुमालले बताउनु भयो ।