Thaha

Saturday 27 April - 7:50 am NST

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा सपथ ग्रहण


काठमायण्डौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ लिनुभएको छ । शितल निवासमा विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको सपथ लिनुभयो । यस्तै, राष्ट्रपति भण्डारीसमक्ष दुईजना उपप्रधानमन्त्री र तीन जना मन्त्रीले पनि आजै सपथ लिएका छन् । नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका कृष्णमहादुर महराले उपप्रधानमन्त्री पदको सपथ लिनुभयो । सपथ लिने मन्त्रीहरुमा कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका गौरीशंकार चौधरी र दलजीत बिके श्रीपाइली हुनुहुन्छ । सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, प्रधानन्यायधीश, सभामुख, संवैधानिक निकायका प्रमुख, सरकारी उच्च पदस्थ, कूटनीतिक प्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक लगायत उपस्थित थिए । उपप्रधानमन्त्री निधिले गृह र लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्नुहुनेछ । महरा उपप्रधानसहित अर्थ, चौधरी कृषि तथा श्रीपाईलीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ । रोजेको मन्त्रालय नपाएपछि कांग्रेसबाट अर्जुननरसिंह केसीले भने शपथ लिनुभएन । काँग्रेसले आज केसीलाई रक्षामन्त्री बनाएर पठाउने निर्णय गरेको थियो ।