Thaha

Wednesday 01 May - 9:59 pm NST

सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश

काठमाण्डौं, साउन ७ । संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नु भएको हो ।

संबिधान जारी भएपछि प्रचण्डकै प्रस्तावमा नौ महिना अघि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित हुनु एको थियो । आज नौ महिना पछि ओलीका प्रस्तावक प्रचण्डले नै ओली विरुद्ध अविस्वासको प्रस्ताव पेश गर्नु भयो । प्रस्ताव माथि आजदेखि छलफल सुरु भएको छ ।

सभामुख ओनसरी घर्ति मगरले अविश्वासको प्रस्तावमा भोलि र पर्सी छलफल तोक्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेकपा माओवादी, नेपाली काँग्रेस लगायतका २ सय ८१ जना सांसदले असार २९ गते संसदमा अविस्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सरकारमा रहेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेसको समर्थनमा दर्ता गरेको अविस्वास प्रस्ताव पहिला कि संसदमै प्रस्तुत बजेट आश्रित विधेयक पहिले भन्नेमा भएको विवाद समाधान भएपछि एक दिन ढिलो अविस्वासको प्रस्ताव पेश भएको हो ।