Thaha

Saturday 27 April - 11:46 pm NST

राष्ट्पतिको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध प्रगाढ हुने


काठमाण्डौं, असार १२ । नेपालका लागी भारतीय राजदुत रन्जीत रेले राष्ट्पतिको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रगाढ हुने बताउनु भएको छ । रिपोटर्स क्लब अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भ्रमणको बिषयमा कुटनितीक पहल भइरहेको र छिटै दुबै देशका राष्ट्रपति भ्रमणको मिती तय हुने बताउनुभयो । नेपालको शान्ति, स्थिरता र विकास प्रती भारत सधै सकारात्मक रहेको राजदुत रे को भनाई छ । तराई आन्दोलनलाइ लक्षित गर्दै उहाँले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुँदा त्यसप्रति भारतको चासो हुनु स्वभाबिक रहेको जिकिर गर्नुभयो । तराई आन्दोलनलाइ नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा रे ले जोड दिनुभयो ।  उहाँले नेपालमा जलबिद्युत, पर्यटन र कृषिमा धेरै सम्भावना रहेकाले ती क्षेत्रहरुको बिकासमा भारत सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।