Thaha

Friday 26 April - 9:21 pm NST

फुटबलर विमल घर्तीमगरकी बहिनी मृत फेला


काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मृत फेला परेकी छिन् । १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट–८ भुताहमा रहेको आफ्नैै घरमा आज बिहान साढे ६ बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आमा बुटवल गएको र उनी घरमा एक्लै भएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको  छ । उनको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अन्सन्धान अघि बढाइएको नवलपरासीका प्रहरी नायव निरिक्षक पुष्कर कार्कीले जानकारी दिनुभयो ।