Thaha

Friday 26 April - 11:41 am NST

एमालेको असन्तुष्ट पक्षको भेलामा पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल शुरु

काठमाडौं, १२ जेठ । नेकपा एमालेको असन्तुष्ट पक्षको भेलामा पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली विरुद्ध आफू पक्षिय नेताकार्यर्ताको भेला बोलाएका माधवकुमार नेपाल र झलनाथ खनालले हिजोदेखि  काठमाडौंमा पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल थालेका छन । भेला अन्तरगत डाक्टर विजय पौडेल र डाक्टर गोविन्दबहादुर थापाले पार्टीको सांगठनिक संरचना सुधार सम्बन्धी कार्यपत्र पेश गर्नु भएको छ । काठमाडौंको थापाथलीमा रहेको एक होटलमा चलिरहेको भेलामा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक र तत्काल गर्न नसक्ने सपना बाडेको भन्दै असन्तुष्टि जनाइएको छ । एमालेमा ओली पक्षले मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रका नाममा गुटगत भेला गर्दै आएका छन । आजको भेलालाई दिउँसो एकबजे माधवकुमार नेपालले समापन गर्ने उहाँका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो । हिजो भेलाको शुरुवातमा नेपाल र खनालले सम्बोधन गर्दै अध्यक्ष ओलीले निरंकुश र अपारदर्शी काम गरेको आरोप लगाएका थिए ।