Thaha

Friday 26 April - 5:10 pm NST

आज १२७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाण्डौ, १९ बैशाख

आज १२७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष नेपाल टे«ड युनियन महासंघ जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्र लगायतका मजदुर सङ्गठनले छुट्टा छुट्टै कार्यक्रम गरेर मनाउँदै छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले अहिले भृकुटीमण्डपबाट विहान र्याली निकालेको छ । त्यस्तै नेपाल टे«ड युनियन महासंघ जिफन्टले विहान १० बजे र नेपाल टे«ड युनियन काँग्रेसले ११ बजे छुट्टा छुट्टै र्याली निकालेका छन् । टे«ड युनियन काँग्रेसले मजदुर दिवससँगै आज र भोली दुई दिन सम्म टे«ड युनियन सम्मेलन गर्ने र सम्मेलनले नीति तथा कार्यक्रम, आबश्यकता अनुसार विधान संसोधन पनि गर्ने अध्यक्ष खिलानाथ दाहालले जानकारी दिनुभयो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिने गरिएको छ ।