Thaha

Friday 26 April - 8:32 am NST

प्रलेसको नयाँ कार्यसमिती सर्वसम्मत चयन , अध्यक्षमा पोखरेल


काठमाण्डौं, २८ चैत । 
प्रगतिशील लेखक संघको गएराति सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य कार्यसमितीका साथै ७० जनाको राष्ट्रिय परिषद् सदस्य पनि चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले जानकारी दिनुभयो ।