Thaha

Monday 29 April - 3:05 am NST

समयमा ट्रान्सफर्मर मर्मत नहुँदा फिदिममा २ हप्तादेखी अन्कार



पाँचथर, २१ चैत, खविन लुइटेल  । 


बिग्रिएको ट्रान्सफर्मर लामो समयसम्म पनि मर्मत नभएपछि पाँचथरको सदरमुकाम फिदिमका बासिन्दा बिजुली बाल्न नपाएर समास्यामा परेका छन् । सदरमुकामको मुख्य बजारमा रहेको क्षेत्रको ट्रान्सफर्मर विग्रिएपछि उद्योग धन्दा, कलकारखाना, सञ्चारमाध्यम तथ तथा बैंकहरु प्रभावित भएका छन् । १ सय ३२ केभीएको ट्रान्सफर्मर पड्किएपछि मर्मतको लागी विराटनगर पठाइएपनि आउन ढिलाइ हुँदा समस्या जटिल बन्दै गएको छ । फिदिम साना जलविद्युत केन्द्र सञ्चालन परियोजनाले सदरमुकामका तिन क्षेत्रमा ३ वटा ट्रान्सफर्मर मार्फत विद्युत वितरण गर्दै आएकोमा मुख्य बजार क्षेत्रको ट्रान्सफर्मर गत चैत १० गते बेलुका जलेको थियो । मर्मतको लागी विराटनगर पठाएको भएपनि अहिलेसम्म मर्मत भएर नआएकोले विद्युत वितरणमा समस्या भएको फिदिम साना जलविद्युत सञ्चालन केन्द्र परियोजनाले जानकारी दिएको छ । बिजुली नहुँदा फिदिमका झण्डै ५ सय घरधुरी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

कार्यालका निमित्त प्रमुख रामचन्द्र खत्रिका अनुसार पहिलेको तुलनामा माग बढेको र पुरानो तथा सानो क्षमताको ट्रान्सफर्मरले माग धान्ने अवस्था नरहेकोले ट्रान्सफर्मर जल्ने समस्या आएको जानकारी दिनुभयो । बिजुली नहुँदा बजारको मुख्यलाइनका झण्डै ५ सय घरधुरीमा बसोबास गर्ने १ हजार परिवार अन्धकारमा परेका छन् । उहि क्षमताको ट्रान्सफर्मर ल्याउनु भन्दा नयाँ ठुलो क्षमताको ट्रान्सफर्मर किन्नमा विद्युत सञ्चालक समितिलाई उपभोक्ताले दवाव दिनुपर्ने प्राविधिकहरु बताउँछन् । पुन उहि क्षमताको ट्रान्सफर्मर ल्याउदा समस्या दोहोरीरहन सक्नेछ । तर नयाँ ट्रान्सफर्मर खरिदमा भने फिदिम साना जलविद्युत उपभोक्ता सहकारीले खासै चासो देखाएको स्थानियले बताएका छन् । नमुना सहरको प्रस्ताव संगै दिनानुदिन थपिएका उद्योगहरुलाई धान्न फिदिममा हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरले काम गर्न नसक्ने प्राविधिकहरु बताउँछन् ।