Thaha

Friday 26 April - 11:42 pm NST

ललितपुरको भारदेउमा होमस्टे सन्चालन


काठमण्डौं, १७ फागुन । 
ललितपुरको भारदेउमा होमस्टे सन्चालनमा आएको छ । ऐतिहासिक गुप्तेश्वर महादेवको गुफा, धार्मिक गुम्बा छोर्तेन तथा प्राकृतिक मनोरम दृष्यावलोकनका लागि जाने आगन्तुकहरुलाई सहजताका लागि तथा पर्यटक आकर्षित गर्ने उदेश्यले होमस्टे सन्चालन गरिएको स्थानिय गोपी सिङतानले जानकारी दिनुभयो । भारदेउ ५, ६, ८ र ९ नम्बर वडामा गरी अहिले ६ वटा होमस्टे सन्चालनमा आएको हो ।

भारदेउ सम्मुनत समाजले सन्चालनमा ल्याएको होमस्टेमा अर्गानिक सागसब्जि, गुन्द्रक र ढिँडो तथा मकै भटमासलगायत खानाका परिकारहरुसहित ब्यवस्थित बसोबासको ब्यवस्था गरिएको सिङतानले जानकारी दिनुभयो ।