Thaha

Sunday 28 April - 11:04 pm NST

वैदेशीक रोजगार व्यवसायीको विरोध

काठमाण्डौं, फागुन १३ । ठगी गरेको भन्र्दै विभिन्न म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि ब्यवसायीहरुले विरोध गरेका छन् । बैदेसिक रोजगार ब्यवसायी संघले आजदेखि म्यानपावर कम्पनीका सबै कार्यलय बन्द गरिएको र बैदेसिक रोजगारमा पठाउने काम अनिश्चतकाल सम्म स्थगित गरेको जनाएको छ ।

प्रहरीले हिजो काठमाडौंका विभिन्न १६ वटा म्यानपावर कम्पनीमा छापा मारेको थियो ।  वैदेसिक रोजगार सम्बन्धि ठगि र अपराध भएमा हेर्ने निकाय वैदेसिक रोजगार विभाग हुँदाहुदै क्षेत्रअधिकार बाहिर गएर प्रहरीले छापा मार्नु गलत भएको भन्दै संघले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

संघमा आज भएको ब्यवसायीहरुको भेलाले आजैदेखि सबै कम्पानीका कार्यलय बन्द गर्ने र यहि फागुन २२ गतेदेखि अनिश्चितकाल सम्म वैदेसिक रोजगारमा पठाउन स्थगित गर्ने  निर्णय गरेको संघका महासचिव रोशन गुरुङले जानकारी दिनभुयो ।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले हिजो विदेश कामदार पठाउँदा ठग्ने म्यानपावरमा छापा मारेको थियो ।