Thaha

Saturday 27 April - 8:03 pm NST

रिजवान र राजकुमार फोरमबाट निस्कासित

काठमाडौं, १ फागुन । संघीय समाजवादी फोरमले केन्द्रीय सदस्य रिजवान अन्सारी र राजकुमार यादवलाई निष्काशन गरेको छ । 
अन्सारी र यादवले पदीय गरिमा र अनुशासन उल्लंघन गरेकोले  निस्कासन गरिएको फोरमले जानकारी दिएको छ । अन्सारी र यादवले पार्टी हित र नीतिविरुद्ध सञ्चारमाध्यममा अभिव्यक्ति दिएको, सङ्घीय नवविचार समूह गठन गरी पार्टी विधानविपरित काम गरेको महासचिव रणध्वज कन्दङ्वाले शनिबार निकालेको विज्ञप्तिमा उल्लेख छ त्यस्तै, असन्तुष्ट पक्षले ६ बुँदे माग पार्टीमा नबुझाई बाहिर सार्वजनिक गरेको, पार्टी फुटाउने गुटगत क्रियाकलाप गरेको र पटक पटक मौखिक र लिखित स्पष्टीकरण माग्दासमेत जवाफ नदिएकोले पार्टीबाट निस्कासन गरिएको विज्ञप्तिमा छ ।