Thaha

Friday 26 April - 11:37 am NST

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै संयन्त्र बनाउने सहमति


काठमाडौं, २९ माघ । सीमांकनको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै संयन्त्र बनाउन मुख्य तीनदल र मधेसी मोर्चाबीच सहमति भएको छ । बिहान प्रधानमन्त्रीको आव्हानमा बालुवाटारमा बसेको मुख्य तीनदल, मोर्चा र कार्यदलको संयुक्त बैठकले सिमांकनको विवाद टुंगो लगाउन भारत भ्रमण अगाडी राजनीतिक संयन्त्र बनाउने सहमति गरेको नेताहरुले बताएका छन् । मोर्चाका नेता एवं सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संयन्त्र बनाउनका लागि भोली या पर्सि मुख्य तीनदल, मोर्चा र कार्यदलको बैठक बस्ने जानकारी दिनुभयो । आजको  बैठकमा संयन्त्रको क्षेत्र अधिकार बारे छलफल भएपनि सहमति जुटेन् ।

 दलहरुबीच यसअघि गठन भएको कार्यदललाई संयन्त्रको स्वरुप र कार्यक्षेत्रका विषयमा सहमति जुटाउने जिम्मेवारी दिइएको छ । सिमांकनको विषय संयन्त्र बनाएर टुंग्याउने विषयमा यसअघि नै दलहरुबीच अनौपचारिक सहमति भएको थियो ।  प्रधानमन्त्री ओली आउँदो फागुन सात गते भारत भ्रमण जाने तय भइसकेको छ ।