Thaha

Friday 26 April - 4:36 pm NST

सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने

काठमण्डौं, १७ माघ । 
सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ घोषणा गरेको हो । सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सञ्चालन गरिने कार्यक्रम देशभरका सडकमा लागु गर्ने सरकारको दाबी छ ।

पत्रकार सम्मेलनमा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सौर्य सडकबत्ती जडानका लागि यो वर्ष १ अर्ब रुपैयाँ खर्च गर्ने र यसमा झण्डै ४२ करोड रुपैयाँ स्थानीय निकाय र जनताको लगानी थपिने जानकारी दिनभुयो । एउटा पोलमा सौर्य बिजुली जडान गर्न झण्डै एक लाख रुपैयाँ औषत खर्च अनुमान गरिएका छ । सौर्य सडकबत्ती जडान भएपछि अहिले प्रयोग भइरहेको ६ मेगावाट प्रशारण लाइनको बिजुली बचत हुने मन्त्री थापाले दावी गर्नुभयो । केही दिनभित्र सौर्य सडक बत्ती जडानका लागि प्रस्ताव आह्वान गर्ने मन्त्रालयको तयारी छ ।

सौर्य बत्ती कार्यक्रम सन्चालनका लागि कार्यविधि पारित भइसकेको मन्त्री थापाले जानकारी दिनुभयो । मन्त्री थापाका अनुसार माघ ८ गते नै सरकारले कार्यविधी स्वीकृत गरिसकेको छ ।