Thaha

Monday 29 April - 3:09 pm NST

जल विधुत लगानी तथा विकास कम्पनीको साधारण सेयर बाँडफाड


  काठमाडौं, २९ पुस । जलविधुत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले साधारण सेयर बाँडफाँड गरेको छ । कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका छन् । ९० देखि ५ सय कित्तासम्म भर्नेले ११ दशमलव ४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २ दशमलव ९ प्रतिशतका दरले सेयर पाएका छन् । १०० कित्ता भर्नेले १२ कित्ता पाएका छन् भने ५०० कित्ता भर्नेले ५६ कित्ता पाएका छन् । त्योभन्दा माथि भर्नेले २ दशमलव ९ प्रतिशतका दरले सेयर पाउने छन् । कम्पनीले दुई महिनाअघि दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले लगानीकर्ताले पाँच वर्षसम्म न्यूनतम पाँच प्रतिशत प्रतिफल पाउने बताउनुभयो ।

उहाँले अब कम्पनीमा अझै बलियो भएको भन्दै लगानीको बाटो पनि खोज्दै जाने बताउनुभयो । कम्पनीको सेयरमा आवेदन दिएका लगानीकर्ताले आफूलाई सेयर नपरेको रकम एक हप्तापछि फिर्ता पाउने नागरिक लगानी कोषका कार्यकारी प्रमुख रामकृष्ण पोखरेलले जानकारी दिनुभयो ।