Thaha

Friday 26 April - 4:47 pm NST

उच्चमाविलाई सामाजिक संजाल फेसबुकबाट २१ लाख सहयोग


काठमाडौं, २९ पुस । उदयपुरको पहाडी गाबिस ताम्लीछा स्थित महेन्द्र दिप उमाबिमा फेसबुकको संजाल मार्फत २१ लाख रुपैयाँ भन्दा बढि आर्थिक संकलन भएकोे छ । प्राचार्य ढक बहादुर राई र स्थानीय वीर बहादुर राईले फेसबुकबाट सहयोगको अपिल गरेपछि नगद जुटेको हो ।  ७१ साल कार्तिक १६ गतेबाट सुरु भएको अभियानबाट उक्त रकम संकलन भएको जनाइएको छ । सहयोग संकलन अझै जारी रहेको प्राचार्य ढक बहादुर राईले बताउनुभयो । दाताहरुले कबोल गरेको बाँकी रकम संकलन गरेपछि बिद्यालयको नाममा अक्षयकोष खडा गरिने बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ । उक्त कोषको ब्याजबाट आउने रकमले निजी शिक्षकको तलब, भौतिक मर्मत सम्भार र फर्निचर खरिद, पुस्तकालय निर्माण, गरिब जेहन्दार विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको रकम संकलनकर्ता भबिन्द्र राईले बताउनुभयो ।