Thaha

Saturday 27 April - 11:57 pm NST

कांग्रेस नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं १३ मंसिर । प्रमुख विपक्षी दलका नेता सुशील कोईराला उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ ।
निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको परिषद्को बैठक काँग्रेस संसदीय दलका नेता कोईराला उपस्थित नभएपछि सामान्य छलफलमै सीमित भयो । परिषद् सदस्य प्रमुख कोइराला अस्वस्थ्यताको कारण देखाउँदै बैठकमा सहभागि हुनुभएन । बैठकमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त पदका लागि परेको आवेदनमा छलफल मात्र भएको र कुनै निर्णय नभएको परिषदका सदस्य प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जानकारी दिनुभयो । परिषद्ले गत कार्तिक २० गते ती पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । परिषद्ले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो । 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदका लागि आवेदन परेका नामका बारेमा छलफल भएको र अर्काे बैठकबाट निर्णय हुने परिषद्का सदस्य एवम् सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।
 प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिबी ठाकुर र दोलखबहादुर गुरुङले उमेर हदका कारण अवकाश लिएपछि आयोगमा पद रिक्त छ ।