Thaha

Sunday 28 April - 2:05 am NST

मधेस आन्दोलन समाधान र कालोबजारी बिरुद्ध काठमण्डौंमा दबाब र्याली


काठमण्डौं, १२ मंसिर ।
मधेस आन्दोलनको तत्काल समाधान गर्नुपर्ने, नाकाबन्दी र कालोबजारियाको अन्त्य गरिनुपर्ने भन्दै नागरिक सञ्जालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।  माइतीघरबाट सुरु गरिएको ¥याली नयाँ बानेश्वरमा पुगि कोणसभामा परिणत भएको छ । उनीहरुले तराई÷मधेसको आन्दोलनको माग प्राथमिकता साथ सम्बोधन गर्न र भूकम्पपीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । नाकाबन्दीले देशमा संकट आएको बेला कालोबजारी बढेकोले त्यसको निणयन्त्र गर्न र आपूर्ति व्यवस्था सहज गराउन पनि सरकारसँग माग गरिएको छ । कार्यक्रममा नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई, नेतृ हिसिया यमी, साहित्यकार तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, लगायत नागरिक अगुवा, युवा, विद्यार्थीलगायत थिए ।

सन्जालको दबाब र्यालीमा नाकाबन्दी, कालोबजारी नियन्त्रण, भुकम्प पिडितलाई तत्काल राहात दिनुपर्ने जस्ता नारा लगाइए पनि मधेस आन्दोलन सम्बोधनमा बढि केन्द्रित बन्यो । मधेस आन्दोलन भएको एक सय दिन नाघि सकेको छ । वार्ताहरु परिणाममुखि हुन सकेका छनैन् । मधेस आन्दोलनका क्रममा अहिलेसम्म ३५ जना सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको ९ सय ५० घाइते भएका सरकारी तथ्यांक छ । समस्या समधान नुहँदा आन्दोलनमा ज्यान घुमाएका परिवार पिडा सुनाउन काठमण्डौं सम्म आइपुगेका छन् । बिरगन्जमा प्रहरीको गोली लागि मृत्यु भएका दिलिप चौरासियाका बुबा रामेश्वर चौरसियाले बुढेसकालको साहारा छोरीको मृत्युले आफुहरु जिउनु न बाँच्नु भएको भन्दै सरकारले सहिद सम्म घोषणा गरिदिएपनि छोराको आत्माले शान्ति पाउने बताउनु भयो । आन्दोलन एकातिर चर्कर्दै गएको छ भने अर्कोतिर सरकारमा रहेका दलहरु समेत मधेसको समस्या समधान गर्न समान धारण बनाउन सकिरहेको देखिदैन । मधेसी र पहाडिय जस्ता एकले अर्कोलाई गालिगलौज र निषेध गर्ने वातावारण पनि बन्न थालेको छ । ‘त्यसैले अब आन्दोलन लम्बिन हुदैन’ भन्नुहुन्छ रिता शाह ।

आन्दोलनरत दलका नेताहरु समेत अब मध्यस्ताकर्ताको खोजिमा देखिन्छन । सद्भाव र्यालीपछि बानेश्वरमा भेटिएका सद्भावना पार्टिका प्रचार विभाग प्रमुख राजकुमार यादव नागरिक समाजले यसको अगुवाई गरिदिनुपर्नेमा जोड दिनुहुन्छ । मधेस आन्दोलनका क्रममा पछिल्ला दिनहरुमा मुठभेड निम्तीने र सद्भाव बिग्रने तर्फ उन्मुख भएको हो कि भन्ने पनि अवस्था छ । यस्तो हुन नदिन समाजिक सन्चाजलको पनि ठुलो हात हुने युवा प्रमिला काफ्लेले बताउनुभयो । 
तस्विर सन्चु ब्लोन  :