Thaha

Sunday 28 April - 4:34 am NST

बैद्य माओवादी र एमाओवादी पार्टी एकताबारे छलफल


काठमण्डौं, ७ मंसिर । 
मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र एकिकृत नेकपा माओवादीबिच  पार्टी एकिकरणको विषयमा आज छलफल भएको छ । पार्टी एकिकरण गर्ने पहिले नै सैदान्तिक सहमति रहेकोले आज अनौपचारिक छलफल भएको एमाओवादी प्रबक्ता दिननाथ शर्माले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो । 


दुवै पार्टीका शिर्षनेताबिच सकरात्मक छलफल भएको र छलफललाई निरन्तरता दिदै जाने प्रबक्ता शर्माले बताउनु भयो । क्रान्तिकारी माओवादीका नेता देव गुरुले पनि पार्टी एकताको बारेमा छलफल भएको बताउनु भएको छ । केहि समय अघि मात्रै नेकपा ड्यास माओवादी र परि थपा नेतृत्वको नेकपा एकिकृतबिच एकता भएको थियो । 


वैद्य माओवादी र एकिृत नेकपा माओवादीले २०७१ चैत १ गते संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताको प्रकृया अगाडि बढेको जानकारि दिएको थियो । दुवैपक्षबिच ४ बुँदे सहमति समेत भएको थियो ।