Thaha

Tuesday 30 April - 3:35 pm NST

नाकाबन्दीको विरोधमा अमेरिकामा बृहत प्रर्दशन


काठमण्डौं, ७ मंसिर । 
अमेरिकामा बस्ने नेपाली नागरिकले गएराती अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस र अमेरिकामा रहेको भारतीय दूतावास अगाडी वृहत प्रदर्शन गरेका छन । उनीहरुले भारतले भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकारको हनन गरेको र अन्तर्राष्ट्रिय मानविय कानुनको उल्लंघन गरेको भन्दै अमेरिकी सरकारको ध्यानकर्षण समेत गराएका छन ।

वाशिंङटनडिसीमा रहेको ह्वाईट हाउस र भारतीय दूतावास अगाडी जम्मा भएका हजारौं नेपालीले तत्काल नाकाबन्दी हटाउन र मानविय कानुनको सम्मान गर्न भारतलाई आग्रह गरे । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले भूपरिवेष्ठित राष्टको पारवहन अधिकारको सम्मान गर्न र मानविय कानुनको पालना गर्न भारतलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको बताउनु भयो । भारतले लगाएको नाकाबन्दीले नेपाल र नेपाली नागरिक मानविय समस्यामा परेकाले प्रदर्शन गरिएको उहाँले बताउनु भयो । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीले व्याकअफ इन्डीया भन्दै नारावाजी समेत गरेका थिए ।

प्रदर्शनका तस्विरहरु: (अमेरिका न्युयोर्क बस्ने रोशन ढुंगानाको फेसबुकबाट )