Thaha

Friday 26 April - 6:20 pm NST

महानगरपालिका र महानगरीय प्रहरीबीच सहकार्य गर्ने सहमति


काठमण्डौं, ६ मंसिर । 
काठमाडौं महानगरपालिका र महानगरीय प्रहरीबीच शहरी सुव्यवस्थापन र शान्ति सुरक्षामा सहकार्य गर्ने सहमति भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी आयुक्त प्रमुख बिज्ञानराज शर्माबिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंका विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्ने, दुबै संस्थाद्वारा जडित सिसिटिभीको फुटेज आवश्यकता अनुसार आदानप्रदान गर्ने, पार्किङ स्थानहरुलाई व्यवस्थित गर्ने सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै सवारी साधनको करे संकलनमा महानगरीय प्रहरीले सहयोग गर्ने पनि सहमति भएको छ । समझदारी ५ बर्षसम्म कायम रहने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।