Thaha

Sunday 28 April - 9:38 pm NST

जावलाखेलमा जारी गोदावरी फूल महोत्सवको फोटो फिचर

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नारासहित नवौं गोदावरी फूल प्रतियोगिता तथा महोत्वस ललितपुरको जावालखेल खेल मैदानमा चलिरहेको छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन फ्यानले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा व्यवसायीक ३३, सुचना मुलक ३ र प्रतियोगितात्मक १० वटा स्टल रहेका छन् । महोत्सवमा गोदावरी फूलका एक सय र अन्य फूलका २ सय ५० गरि करिव ३ सय ५० प्रजातिका फूलहरु रहेको आयोजकले जनाएको छ । इन्धन अभावका कारण यसपटकको महोत्सवमा अवलोकनकर्ता र कारोबार घटेको फ्लोेरिकल्चर एशोसिएसन फ्यानका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । 
 फोटो : सन्चु ब्लोन