एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदोहेछ ‘त्यो’ राष्ट्रवाद : भट्टराई
गोरखा, १६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको एक हप्तामा नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्रसम्मको दौडधुपको अनेकौं नाटकको पटाक्षप हुने बताउनुभएको छ । शनिबार गोरखाबजारमा पूर्वसभासद्को रुपमा उहा“ले नै आयोजना गर्नुभएको भेटघाट, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्नेक्रममा यस्तो बताउनुभएको हो । कहाँले भन्नुभयो– ‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ तर एक हप्ता पर्खिएर हेर्नुस् नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले । पर्दापछाडि मञ्चन भइराखेको छ, मैले त देखिराखेको छु, तपाईंहरुले अझै देख्नुभएको छैन । एक हप्ता पर्खिएर हेर्नुस् अनि नाटक कसरी मञ्चन हुन्छ, कसरी पदका लागि चाकडी र दलाली गरिन्छ त्यो देख्नुहुन्छ ।’ कहाँले भन्नुभयो – ‘एकै पटकमा ५÷१० जनालाई प्रधानमन्त्रीको र अहिले त झन् राष्ट्रपति लगायत थुप्रै पद विज्ञापनमा छन्, त्यसको निम्ति कसरी लोभ्याइन्छ, शक्तिकेन्द्रसम्म कसरी मान्छेहरु धाउ“छन् र के हुन्छ त्यो नाटक मैले त अलिअलि देख्न पाएको छु तपाईंहरुले पनि देख्दै जानुहोला ।’
‘तराई–मधेश र थारुवान बाहुल्य क्षेत्र नेपालको अत्यन्त संवेदनशील क्षेत्र छ । उतापट्टि विशाल भारत छ र भारतस“ग खुला सीमानामा जोडिएको क्षेत्रमा अशान्ति भयो भने त्यो अशान्तिको बहानामा छिमेकीले हस्तक्षेप ग¥यो भने के हुन्छ ? नेपालको राष्ट्रिय अखण्डतामाथि असर गर्छ कि गर्दैन ? भनेर मैले सामाजिक सञ्जालमार्फत सचेत गराएको थिए“ । मैले स्थिति बिग्रिएर अर्काले खेल्ने परिस्थिति आउनुभन्दा पहिले हामी आफैंले बुझेर यसको समाधान गरौं भनें । तर त्यसो भन्दा बाबुरामले उक्साउन खोज्यो, देशलाई विखण्डनतिर लान खोज्यो भन्ने कुराहरु आए’, उहा“ले भन्नुभयो – ‘अनि तिनै मान्छेहरुले बडो राष्ट्रवादका कुराहरु गरे । कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे । हेर्नुस्, उनीहरुका स्वर के हुँदै गएको छ अहिले ? जब पदका ललिपप देखाउन थालियो अनि ती राष्ट्रवादका स्वर कसरी मत्थर हुँदै गइराखेका छन्, तपाईंहरुले हेर्नुहोला । एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदोरहेछ ‘त्यो’ राष्ट्रवाद ।’
मौसमविद्ले समुद्रबाट आँधी आउने कुरा विभिन्न माध्यमबाट पहिले नै देखेर मान्छेहरुलाई सचेत गराएजस्तै राजनीतिकर्मीहरुले पनि अझ जो नेतृत्वमा छ उसले टाढाको देख्न सक्नुपर्ने उहाँले बताउनुभयो । ‘देशको जटीलता के हो ? भू–राजनीतिक अवस्था के हो ? सुगौली सन्धीपछि २०० वर्षदेखि दक्षिणी छिमेकीले कसरी हामीमाथि हेपाहा खालको नीति लिँदै आएको छ ? कसरी पटक पटक हस्तक्षेप गर्दै आएको छ भन्ने हामीलाई थाहा छैन ?’, उहाँले भन्नुभयो – ‘तराई–मधेश, थारुवान क्षेत्रको आन्दोलन भड्कियो भने त्यसलाई बहाना बनाएर दक्षिणी छिमेकीले हस्तक्षेप गर्ने हो भने के हुन्छ ? श्रीलंका र काश्मिर बन्ने खतरा रहन्छ कि रह“दैन ? त्योभन्दा पहिले हामी आफैंले आफ्नो देशको समस्या समाधान गरौं भन्ने मेरो भनाइ थियो । तपाईंहरु सबैले घोत्लिएर विचार गर्नुहोस् आखिर कसले परसम्म देखेको रहेछ ? को दूरद्रष्टा रहेछ ? को चाहि“ अत्यन्त अज्ञानी र अदूरदर्शी रहेछ ?’
‘हामीले त्यतिबेला भन्दाखेरि उहा“हरुले वास्ता गर्नुभएन, केही पनि हुँदैन भन्नुभयो । अहिले हामीकहा उखान छ नि ‘बाघ आयो घिच्याउन, ... लाग्यो चिच्याउन’ जस्तो भएको छ’, डा. भट्टराईले भन्नुभयो – ‘बेलामा चाहि“ हाम्रो बुद्धि नआउने, आफ्नो त आएन आएन अर्कोले भनिदि“दा पनि बुद्धि आएन अनि जब बाघ आइसक्यो रोइकराइ गरेर हुन्छ ? त्यही भइराखेको छ अहिले ।’ देशको राष्ट्रिय अखण्डता बचाउने हो भने २०० वर्षदेखिको कटु अनुभव, ठूलो छिमेकीले असमान सम्बन्ध लादेर पटक–पटक हेपुवामा, चेपुवामा परेको अनुभव समेतलाई ध्यान दिएर त्यसबाट उम्कने हो भने अब हाम्रो देशको समस्या हामी आफैंले हल गर्नुपर्ने खबरदारी आफूले गरेको उहा“ले बताउनुभयो । ‘यो देशका सबै जाति, भाषा, क्षेत्र, समुदायका जनतालाई विश्वासमा लिएर देशलाई एकतावद्ध गर्नुपर्छ । हाम्रो जुन व्यापार–घाटा पूरै चुलिएर ऊस“ग आश्रित छौं हामी । पेट्रोलियम पदार्थको हाहाकार किन भएको छ त अहिले ? किनकि शतप्रतिशत एकै ठाउ“बाट ल्याउन बाध्य भएका छौं । त्यसैले यो परनिर्भरता हटाउनुपर्छ’, उहाले भन्नुभयो – ‘यसरी एकापट्टि सबै जनतालाई अधिकारसम्पन्न बनाएर राष्ट्रिय एकता बलियो पार्ने र अर्कोपट्टि दुई तिहाई ब्यापार भारतस“ग गछौं, पेट्रोलियम पदार्थ शतप्रतिशत भारतबाट आयात गर्छौं, यस्तो जुन परनिर्भरता छ यसलाई हटाएर बैकल्पिक व्यवस्था गरेर देशलाई आर्थिक रुपमा सम्पन्न बनाएर बल्ल हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ । त्यसपछि कोही विदेशीले, परचक्रिले जोरी खोजेछ भने त्यो बेलामा हामी लड्न सक्छौं । मेरो भनाइ त्यो थियो । तर त्यो सुनिएन उल्टै जसले यो कुरा भन्यो यो राष्ट्रघाती हो, कसैको एजेन्ट हो, दलाल हो भनेर अनावश्यक ढंगले ‘जो चोर उसकै ठूलो स्वर’ गरियो । जसले देश र राष्ट्रको हितमा कुरा गरेको छ त्यसको बदनाम गरियो ।’
‘पुराना शासक वर्गले पटक पटक आफूलाई अप्ठेरो पर्दा, आफ्नो स्वार्थ सिद्धिका निम्ति राष्ट्रियता जस्तो पवित्र कुराको दूरुपयोग गरेर जनतालाई ठग्ने र नेपाली राष्ट्रियतालाई नै उपहास गर्ने, अपहेलना गर्ने गरेका थिए अहिलेका यी नया“ शासक भन्नेहरु, लोकतान्त्रिक र वामपन्थी भन्नेहरुले समेत त्यो हर्कत गरिराखेका छन् यो अत्यन्त दुःखद् छ । यसको विरुद्धमा मैले विद्रोह गरेकै हो । मेरो विद्रोह त्यसैमा हो । जनतालाई अब ढा“ट्न सकि“दैन, २१ औं शताब्दीका जनता त्यसमाथि १५÷१६ हजार जनताले बलिदान दिएर जुन परिवर्तन ल्याएका छन् यसको पक्षमा, यसलाई बचाउनको निम्ति कसैले बोल्नैपर्छ भनेर मैले बोलेकै हो’, उहाले भन्नुभयो ।