Thaha

Friday 26 April - 6:37 pm NST

दलहरुबीच सात प्रदेशमा सहमति


काठमाडौं, ४ भदौ । दलहरुले ७ प्रदेशमा सहमति गरेका छन् । यसअघिको ६ प्रदेशको  सिमाङकनमा हेरफेर गर्दै दलका नेताहरुले सात प्रदेश बनाउने निर्णय गरेका हुन् । सिंहदरबारमा बसेको मुख्य दलका शिर्ष नेता सहभागि विशेष समितिले यसअघि प्रस्ताव गरेका १,२,३,४ र पाँच प्रदेश कायमै राख्दै ३ प्रदेशमा पर्साको ठोरी गाविसलाई समावेश गरिएको छ ।

नयाँ थपिएको प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट दैलेख, जाजरकोट, सल्यान, सुर्खेत र रुकुमको आँधा भाग समावेश छ । दलहरुले गरेको सहमतिमा आधारित रहेर संघीय प्रदेशको विस्तृत सिमाङ्कन पछि संघीय आयोगले गर्ने विशेष समिति संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

नागरिकता, धर्म र थ्रेस होल्डको विषय भने अझै विवाद कायमै छ । दलहरुपछि सिमाङ्कनमा नयाँ सहमति भएपछि मस्यौदा समितिको बैठक बसिरहेको छ ।